नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको जवाफ दिन नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेसले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।
ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।
त्यसको काउन्टरमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सत्यपाटी । काठमाडौँ ।