सूचनाको शक्ति - The Power Of Information

        

जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०७:३५