इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ ।
मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो ।
जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
पन्जाबका लागि शिखर धवनले अविजित ६२, भानुका राजपाक्षेले ४०, लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए ।
गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।
गुजरातका साई सुदर्शनले अविजित ६५, ऋद्धिमान शाहले २१ तथा डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन बनाए ।
पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।
गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ ।
सत्यपाटी । काठमाडौँ ।