सूचनाको शक्ति - The Power Of Information

        

वामदेव गौतमको समाजवादी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’

स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ ।

मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ । गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ ।

कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ । ७ मिनेट १८ सेकेन्डको गीतको भिडियो समेत बनेको छ । भिडियोमा समाजवादी पार्टीका विभिन्न गतिविधिका समेटिएका छन् । समाजवादी पार्टी व्यक्तिवादी भन्दा बिचार वादी र नेताभन्दा नीतिवाद रहेको समेत गीतमा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १९:५१