सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा काँग्रेसको शक्ति प्रदर्शन

बाँकेको राप्तीसोनारी गाउँपलिकामा नेपाली काँग्रेसले शक्ति प्रदर्शन गरेको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–५ मा काँग्रेसले मङ्गलबार शक्ति प्रदर्शन गरेको हो ।

मङ्गलबार मध्यान्ह १२ बजे बिनौना चोकबाट सुरु भएको ¥याली रमनपुरुवा, आलीनगर, चाचरफर्का हुँदै पुनःबिनौना चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले बिकास र समृद्धि, सामाजिक सुरक्षा र गुणस्तरीय शिक्षा लगायतका बिषयमा योजनाबद्ध रुपमा काम गर्ने बताए ।

जनताहरुले दिएको साथ र समर्थनलाई सधै सम्मान गरी बिकासका काममा अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा वडा नम्बर– ५ का अध्यक्ष पदका उम्मेदवार भोला थारुले स्थानीयको साथ र समर्थनले आफूमा उत्साह थपेको बताए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु लगायत काँग्रेसका तर्फबाट वडा नम्बर– ५ का वडा सदस्य पदका उम्मेदवार लगायतले आफ्ना विचार राखेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:२२