सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ६२ लाखको सुनको गर गहनासहित एक पक्राउ

बाँँकेमा ठुलो परिणाममा सुनको गर गहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, जिल्ला बझाङ जय पृथ्वी नगरपालिका वडा न.१ पिमी कैलाश बस्ने बर्ष २८ को अशोक बहादुर सिंह रहेका छन् ।

खजुरा गाउँपालिका वडा नं.२ एल गाउँ सुबेदी चोक स्थित इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले सिंहलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, शंकास्पद तरिकाले हिडडुल गरी रहेका सिंह प्रहरी लाई देखी भाग्न खोग्दै गर्दा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट सुन जस्तो देखिने पहेलो पदार्थले बनेको हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलि ग्राम अन्दाजी मुल्य ६२ लाख बराबरको गर गहना प्रहरीले बरामद गरेको छ ।

प्रराम्भिक अनुसन्धानबाट भारतको ब्याङ्लोरस्थित सुन पसलबाट चोरी गरेको खुल्न आएको प्रहरी जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:०६