सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन २०७९

मेयरमा ‘पूर्ण’लाई रोज्दै कोहलपुरबासी

विद्यार्थी राजनीतिबाट उदाएका पूर्णप्रसाद आचार्यको यस्तो छ राजनीतिक बिरासत

बुबा हिरालाल आचार्य तथा माता इन्दिरा आचार्यको कोखबाट वि.सं. २०४३ सालमा सल्यान जिल्ला साविकको कालागाउँ गाविस, हाल कुमाख गाउँपालिकामा पूर्णप्रसाद आचार्यको जन्म भएको थियो ।

उनी सानै उमेरदेखि निकै जिज्ञासु तथा जेहन्दार र मेहनत थिए साथै जिज्ञासु स्वभावका थिए । द्वन्द्वको समयमा उनको बुबा कालागाउँमा बसोबास गर्न निकै समस्या भएपछि उनको परिवार विस्थापित भइ विसं. २०५७ सालमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा स्थायीरुपमा बसोवास गर्दे आएका हुन् ।

उनले माध्यमिक तहको शिक्षा त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर, प्रमाणपत्र तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, स्नातक तह सुर्खेत शिक्षा क्याम्पस सुर्खेत र स्नातकोत्तर तहको शिक्षा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर, काठमाडौंबाट पुरा गरेका छन् ।

उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट राजनीतिक शास्त्रमा पनि एमए उतिर्ण गरेका छन् । उनी एक जोसिला र योग्य, सक्षम युवा हुन् । एक राजनीतिक परिवारमा जन्मेका आचार्यको हुन् । उनी निकै सरल, नम्र तथा भलादमी पाराको व्यक्ति हुन् । उनी कोहलपुरबासी मात्र होइन बाँकेबासीको मानस पटलमा छन् ।

उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा बागेश्वरी क्याम्पसमा उम्मेदवारी दिएर पराजित भएपनि उनको राजनीतिक यात्रा कहिल्यै निराश भएको छैन । उनी विगत २० वर्षदेखि अनवरत रुपमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रुपमा काम गर्दै विगत ८ वर्ष देखि बाँके जिल्ला सभापति समेत छन् ।

तर राजनीति लाई निष्ठापूर्वक नीति तथा विधिमा मानेर अगाडी बढ्ने सोचले नगर प्रमुखको उम्मेदवारी पाउनु केहि दिनअघि नेपाल विद्यार्थी संघको ३५ वर्षे विधान अनुसार पदमा बस्ने उमेरको हदबन्दीको नैतिकतामा बाँधिएर नेपाल विद्यार्थी संघको सभापति पदलाई कार्यवाहक रुपमा उपसभापतिमा हस्तान्तरण गरेर निष्ठाको राजनीतिलाई प्रमाणित गरेका छन् ।

कांग्रेसको १३ औँ महाधिवेशनमा मध्य तथा सुदूरपश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेशनबाट महाधिवेसन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा लोकप्रिय नेताका रुपमा अत्याधिक मतले विजयी भए । आजभोली पद छोड्ने सवालमा धेरैको आँखाबाट आँशुमात्र होइन घर खेत गएजस्तो गर्दछन् ।

नेपाल विद्यार्थी संघको सभापति हुँदा सहिद चोकबहादुर खत्री र जागेश्वर थारुको नाममा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि पवित्र कार्य अक्षय कोषको निर्माण गर्न सफल भएका उनले कोभिड १९ को समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेर मानवीय कार्यमा जुटे ।

कोभिड १९ को समयमा आम नागरिकको घर घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै आर्थिक, भौतिक, स्वास्थ्य, खाद्यान्न सहयोग गरी सामाजिक जनताका घरघरमा पुगेर सहयोग गरेका थिए । उनी सामाजिक कार्यमा सधै आम जनताका घरमा गएर सहयोग र साथ दिने युवा हुन् ।

समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा प्रत्यक्ष केन्द्रीय नेताहरुसँग पहुँच भएका र आगामी दिनमा कोहलपुरको विकासका लागि नयाँ भिजन भएका आचार्य कोहलपुरमा रहेका विभिन्न वर्ग, जात, धर्म, लिङ्ग, क्षेत्र र समुदायका जेष्ठ नागरिक तथा नयाँ पुस्ताको सेतुका रुपमा प्रस्तुत हुने क्षमतावान युवा नेतारुमा गनिन्छन् ।

कोहलपुर नगरले मात्र नभइ सिङ्गो बाँके जिल्लाले भावी दिनमा पाटीको केन्द्रीय तहको नेतृत्वमा समेत पुग्न सक्ने आशा र भरोसा गरेको नेता हुन् । उनले कोहलपुरको समृद्धि लागि कोहलपुरलाई शैक्षिक, स्वास्थ्य क्षेत्रको हव, पर्यटनको क्षेत्रको हव, खेलकुदको हव मात्र होइन आम युवाहरुका रोजगारीको हव गराउने भिजन रहेको छ ।

उनले जेष्ठ नागरिकको सम्मान, एकल महिलाहरुको थप भत्ता प्रदान गर्ने योजना छ । उनका यी विविध भिजनलाई हेर्नका लागि पनि यसपटकको स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदको निर्विकल्प उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर संगीता सुवेदीलाई अत्याधिक बहुमते विजय गराउन कोहलपुरबासीमा हार्दिक अपिल गरेका छन् ।

मेयरका उम्मेदवार आचार्यले नगरभित्रको बेथिति सुधार गर्दै समृद्ध कोहलपुर बनाउन पनि कांग्रेसको विकल्प नभएको बनाएका छन् । कोहलपुर राजनीतिक, सामाजिक, साँस्कृति, आर्थिक लगायतका विकासका आधारमा अझै नगरजस्तो नभएकाले नगरभित्र रहेका अनेकौं विसंगतिहरुलाई सुधारेर अघि बढ्ने बताए ।

उनले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने बताउँदै नगरपालिकाको समग्र विकासमा आफू प्रतिवद्ध रहने प्रण गरे । उनले कोहलपुरको सामाजिक र साँस्कृतिक एकतालाई थप मजवुत गराउँदै कोहलपुरलाई नयाँ योजना र लक्ष्यसहित विकसित र समृद्ध बनाउँदै अघि बढ्ने पनि बताए ।

उम्मेदवार आचार्यले पाँच बर्षमा कोहलपुरको क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरुमा संरक्षणलाई प्राथमितामा राख्दै सबै क्षेत्रमा समान अधिकार कायम गर्न र कुलतमा फँसेका युवाहरुलाई समाजको राम्रो बाटोमा डोर्याउनका लागि भूमिका खेल्ने बताए ।

‘मेरो उम्मेदवारी कोहलपुरमा युवा रोजगारीमा बृद्धि गर्न आयआर्जनको बाटोहरु पहिचान गर्ने र बेरोजगार जनशक्तिलाई रोजगारीमूलक तालिम दिएर लघु उद्यमशीलताको विकास गर्नका लागि हो,’ उनले भने, ‘कोहलपुरलाई विकसित नगर र सुरक्षित शहर बनाउनका लागि मेरो उम्मेदवारी हो । यसका लागि कोहलपुरबासीको पूर्ण सहयोग र समर्थन चाहिन्छ ।’

उनले कोहलपुरका युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय, व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्यूनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर नेपाली कांग्रेस र उम्मेदवारहरु चुनावी मैदानमा होमिएकाले कोहलपुरबासीले काँंग्रेसलाई नै जिताउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:११