सूचनाको शक्ति - The Power Of Information

        

प्रमोद रिजाल चुनावी अभियानमा व्यस्त

नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद रिजालले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

अघिल्लो पाँच वर्षको अवधिमा बाँकी रहेका विकास निर्माणका अधुरा कामलाई पूर्णता दिने बाचासहित उनी घरदैलो अभियानमा व्यस्त छन् ।

रिजालले वडा नम्वर १ का विभिन्न टोल र वस्तीमा पुगेर मतदातालाई भेटघाट गर्ने, सम्बृद्ध वडा निर्माणका लागि आफुले गरेका कार्यहरुलाई जानकारी गराउने लगायतका काम मतदातामाझ राख्ने गरेको बताए ।

रिजालले एक नम्वर वडामा भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लैजानेगरी आफु अगाडि बढेको बताए । विकासप्रेमी वडाअध्यक्षको रुपमा आफ्नो पहिचान बनाएका रिजालले आफ्नो कार्यकालमा थुप्रै विकास निर्माणका कामहरु भएको बताए ।

महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरुको सवालमा पनि प्रभावकारी ढंगबाट आफुले काम गरेको उनको भनाइ छ । रिजालप्रति मतदाताले समेत साथ र समर्थन  समेत दिएका छन् ।

एक नम्वर वडामा रिजालले जितेमात्रै आफ्नो वडाको विकास हुने अधिकांश मतदाताहरु बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १८:२५