इद उत्र फित्रका अवसरमा सरकारले भोली वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मंगलबार बिदा कायम भएको गृह मन्त्रालयद्वारा सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।
मुस्लिम समुदायको महान् पर्व हो रमजान र रमजान–रोजा समापनको अवसर हो इद उल फित्र । सूर्य आकाशमा रहुन्जेल एक गेडा अन्न वा एक थोपा पानीसम्म मुखमा हाल्न नहुने कडा उपवास (रोजा) को समय पनि यही हो ।
सत्यपाटी । काठमाडौं ।