सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिका अध्यक्ष छाडेर वडा सदस्यमा उम्मेदवारी

२०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका प्रेमबहादुर बुढाले यसपटक वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

बुढाले भैरवी गाउँपालिका ७ माथिल्लो कुसापानीबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । जिल्ला समन्वय समितिमा आउन वडाबाट प्रतिनिधित्व गर्नुपर्ने प्रावधानका कारण वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।

बुढाले पाँच वर्ष स्थानीय सरकारमा बसेर भैरवीका जनताको सेवा गरेको बताउँदै बाँकी दिनमा समन्वय समितिबाट जिल्लाभरका जनताको सेवामा लाग्ने बताए ।

२०७४ मा भएको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका बुढाले तीन हजार ५८४ मत प्राप्त गरेका थिए । बुढा एमाले दैलेखका भद्र र शालीन नेता मानिन्छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १५:५०