सूचनाको शक्ति - The Power Of Information

        

टानको अगुवाईमा शक्ति बस्नेतले ठमेलमा कुचो लगाए 

काठमाडौं । स्वस्थ्य जीवन स्वस्थ्य समाज भन्ने नाराकासाथ ट्रेकीङ एजेन्सी एशोशिएशन अफ नेपाल (टान) ले पर्यटकीय नगरी ठमेलमा सरसफाई गरेको छ । पर्यटकको प्रमुख गन्तब्यको रुपमा रहेको ठमेलमा फोहोरमैला बढ्दै गए पछि टानले ठमेल क्षेत्रमा सरसफाई गरेको हो । केहि समय यता ठमेल धुलो धुवा र फोहोरमैलाले अस्तव्यस्त बन्दै आएको छ ।

जताततै बाटोमा मिल्काईने फोहोरले ठमेललाई कुरुपम बनाउदै लगेपछि टानले ठमेल क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको थियो । टानका अध्यक्ष नवराज दाहालले ठमेलको सौन्दर्यमा निखार ल्याउनको लागि जनचेतनामुलक कार्यक्रम गरेको जानकारी दिनुभयो । सरसफाई कार्यक्रमको वन तथा बातावरण मन्त्री शक्ति बस्नेत र टानका अध्यक्ष नवराज दाहाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । मन्त्री बस्नेतले सरसफाई अभियान आफैबाट शुरुवात गर्नु पर्ने आवश्यकता रहेको बताए ।

विश्वका पर्यटकको ध्यान केन्द्रीत हुने पर्यटकीय नगरी ठमेलको सरसफाईमा ठमेलबासीको ध्यान केन्द्रीत हुनु पर्ने बताऐ । वातावरण स्वच्छ भए जीवन पनि सुन्दर र सफा हुने भन्दै नियमित सफाईमा जुटन आग्रह गरका छन् । टानका अध्यक्ष दाहालले भने सरसफाईलाई टानले अभियानको रुपमा सञ्चालन गर्ने बताए । टानका सदस्य गोपाल श्रेष्ठले फोहोरमैला व्यवस्थापन गर्नु सबैको जिम्मेवारी भएको भन्दै अभियानमा सरिक हुन सबैसंग आग्रह गरे । टानले एकदिन सफाई गरेर ठमेलमा सफा नहुने भन्दै यसलाई चेतना बिस्तारको रुपमा सञ्चालन गरेको उल्लेख गरे । सरसफाई टानका सदस्य पिके शेर्पाको संयोकत्वमा सञ्चालन भएको थियो । अभियानमा बिभिन्न क्षेत्रका पर्यटन व्यसायी सहभागि थिए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:३४