सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राजु अर्याल बने सशस्त्र प्रहरीको आइजीपी

सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले एआइजी अर्याललाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो । एआइजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआइजीमध्येबाट आइजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । सशस्त्रमा अर्याल आइजीपीका एक्ला दाबेदार थिए । अहिलेका आइजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए । २०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर समायोजन भएका हुन् । अर्यालले चार वर्षसम्म सशस्त्र प्रहरी प्रमुखका रुपमा काम गर्नेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १५:३२