सूचनाको शक्ति - The Power Of Information

        

चेन्नईको कप्तानमा धोनी पुनः नियुक्त

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् ।

चेन्नईका कप्तान रहेका रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ । चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो ।

जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ।

चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १०:०५