सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

तपाईंको जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ? हेर्नुहोस् नमूना

हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंग

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।

त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । तपाईंको जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्नु यहाँ क्लिक गर्नुहोस्–

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार ०८:०३