सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते

सिन्धुलीको तीनपाटन गाउँपालिका १ नक्कलेमा शुक्रबार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने  सातजना घाइते भएका छन्  । प्रदेश वागमती–०१–०२६ च–०४५६ नम्बरकाे बोलेरा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरु तीनपाटन गाउँपालिका ९ आम्वोटेका रामजीप्रसाद भण्डारी, कमलामाई नगरपालिका ७ की रुपा मगर रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन ।

घाइते सात जना मध्ये तीन जानको सिन्धुली अस्पतालमा र चार जनाको तीनपाटन १ बेलघारी स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरी उपरिक्षक विमलराज कँडेलले बताए ।

चालक समेत घाइते भएका छन् । सामान बोक्ने बोलेरो भएपनि त्यसमा यात्रु र सामान  रहेकाे प्रहरीले जनाएको छ । गाडी सडकबाट करिव एक सय मिटर तल खसेको छ ।

चालक सकुसल भएकाले के कारणले दुर्घटना भएको हो भन्ने छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार ११:४२