खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सयुक्त प्रचार सुरु भएको छ ।
पालिका र पालिकाको विभिन्न वडामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन रहेको छ । जसअनुसार बुधबार खजुरा गउँपालिका वडा नम्बर ३ र ४ मा प्रचार प्रसार समितिको कार्यालयको सुरुवात गरिएको हो ।
खजुरामा पालिकाको अध्यक्ष पदका माओवादीतर्फका डम्बर विक ‘तुफान’को उम्मेदवारी छ भने पालिका उपाध्यक्षमा कांग्रेसतर्फबाट मन्जु मल्लको नाम मनोनयन भएको छ ।
कार्यालय उद्घाटनमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना चौधरी, संविधान सभा सदस्य आशा विकलगायतको उपस्थिति रहको थियो ।
कार्यक्रममा गठबन्धनले पालिकादेखि सबै वडामा जित्ने सम्भावना अधिक रहेको बोल्ने बक्ताहरुले बताए ।
सत्यपाटी । बाँके ।