सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए ।
तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन् ।
कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाईसँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन् ।
उनीहरूलाई व्यवस्थापन गरेर निर्वाचन परिणाम आफ्ना पक्षमा ल्याउन गठबन्धनका नेताहरूसामु थप चुनौती खडा हुने देखिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।