जिल्लामा मनोनयन दर्ताको क्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी)माथि ढुंगा प्रहार भएको छ ।
ठूलोभेरी गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा उपमेयर पदका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दता गर्ने क्रममा विवाद हुँदा डिएसपी निरञ्जन थापामाथि ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहार भएका थापाको जिल्ला अस्पताल दुनहीमा उपचार भइरहेको डोल्पाबाट स्थानीय पत्रकार हिमाल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार डिएसपी थापाको टाउकोमा चार टाँका लगाइएको छ ।
नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।
विवाद सम्हाल्ने क्रममा भएको झडपमा डिएसपी थापामाथि ढुंगा प्रहार भएको स्थानीय पत्रकार शाहीको भनाइ छ । ढुंगा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नरबहादुर बुढा जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख समेत हुनुहुन्थ्यो । उपमेयर पदका लागि उठ्न उहाँले उपप्रमुख पदबाट राजीनामा दिनुभएको हो ।
जिल्लाका आठवटा पालिकामध्ये दुई गाउँपालिकामा सर्वसम्मत प्रमुख र उपप्रमुख टुंगिसकेको छ भने अन्य ४ गाउँपालिका र दुई नगरपालिकामा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।
काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार बुढा निर्वाचित हुँदा छार्का गाउँपालिकाको जिम्मेवारी सेनाङ गुरुङले सम्हाल्नुहुनेछ ।
सत्यपाटी । डोल्पा ।