सूचनाको शक्ति - The Power Of Information

        

थप २१ जनामा काेराेना पुष्टि, १७ जना निकाे

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ७५ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना निको भएसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २१ जनामा झरेकाे छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख २३ हजार दुई सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्ता भएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १८:४१