सूचनाको शक्ति - The Power Of Information

        

यी हुन यौन शक्ति बढाउने घरेलु उपाय


काठमाडौं । जति मानिसको व्यस्तता बढेको छ त्यति नै मात्रामा धेरैले आफ्नो सेक्स पार्टनरलाई खुसी बनाउन नसकेको गुनासो पोख्छन् । हालै बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भनेसम्मको हुन्छ । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए ।
सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहु एक गिलास अनारको जुस खुवाएका थिए । १५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जव टेस्टोस्टेरोन हार्मोन बढ्यो, कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो ।
टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने, काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तनबढाउने काम गर्छ । त्यो संगै सेक्स इच्छा समेत बढाउदै लैजान्छ । बैज्ञानिकहरुको अनुसार टेस्टोस्टेरोन हार्मेनले महिला एडरेनल ग्लैण्ड र डिंवासयमा सकारात्मक प्रभाव देखाउन थाल्छ । जसले उनीहरुमा सेक्स गर्ने इच्छा बढाउँछ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खाँदा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशतबाट बढेर ३० प्रतिशतसम्म पुगेको पाइएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १०:२९