सूचनाको शक्ति - The Power Of Information

        

थपिए १३ जना कोरोना संक्रमित

 देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन्

हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार १७:४९