सूचनाको शक्ति - The Power Of Information

        

७९ वर्षीय वृद्धले दिए जनकपुरको मेयरमा स्वतन्त्र उमेदवारी

जनकपुरधामको मेयरमा ७९ वर्षीय एक वृद्धले उमेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन कार्यालयमा ७९ वर्षीय रामसेवक यादवले स्वतन्त्र उमेदवारी दिएका हुन् । वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादवलाई सिकिन्द्र ठाकुरले प्रस्ताव र विर्खेश यादव समर्थन गरेका छन् ।

राजनीतिभित्रको गलत गतिविधि अन्त्य गरेर सफा बनाउन आफूले उमेदवारी दिएको उनले बताए । अहिलेको दलहरूले विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार १७:२६