सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन : देशभर उम्मेदवारी मनोनयन सुरु

आसन्न स्थानीय तह निर्वाचनका लागि आज देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन भइरहेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुनेछ ।

७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता भएका उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।

वैशाख १५ गते मनोनयन भएका उमेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ११:३२