सूचनाको शक्ति - The Power Of Information

        

अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै

अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण  विशेष गरी अहिले काठमाण्डौ, चितवन, पोखरा, पाल्पा, तनहुँ, नवलपरासी, गोरखा, रुपन्देही लगायतका ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको एक/दुई घन्टापछि  यी ठाउँको बिस्तारै मौसम सफा हुँदै जानेछ भने पूर्वी क्षेत्रतिर पानी पर्ने क्रम सुरु हुनेछ ।

पूर्वी क्षेत्रमा पनि एक वा दुई घन्टा पानी परेर रोकिने छ । बाँकी ठाउँको मौसम भने सामान्य बद्ली मात्रै हुने उहाँले बताउनुभयो ।

प्रि-मनसुनका बेला बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने  गर्छ । तर प्रि-मनसुनमा लगातार पानी पर्ने सम्भावना भने हुँदैन ।

तराईका धेरैजसो ठाउँमा भने पानी पर्ने बादल बन्न नसकेकाले पानी परेको छैन । तराईका क्षेत्रमा भने गर्मी बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १८:३३