सूचनाको शक्ति - The Power Of Information

        

केकीपछि वर्षाको पनि विवाह !

अभिनेत्री केकी अधिकारीले बिहीबार रोहित तिवारीसँग लगनगाँठो कसिन् । विवाह सम्पन्न भएपछिमात्रै उनले तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी थिइन् ।

केकीले बिहीबार तिवारीसँग लगनगाँठो कसेपनि उनको विवाहको हल्ला भने बुधबार नै फैलिएको थियो । त्यस्तै केकीको जस्तै विवाहको हल्ला अहिले अर्की अभिनेत्री वर्षा शिवाकोटीको पनि फैलिरहेको छ ।

हरेक गतिविधिलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याउन रुचाउने उनी यसबारे किन मौन छिन् भन्ने चासोको बिषय बनेको छ । उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउँदिनन् ।

बाहिरी हल्ला पत्याउने हो भने उनले पछिल्लो समय अमेरिकामा रहँदै आएका एक युवकसँग आज विवाह गर्दैछिन् । वर्षाले पनि केकीले झैँ आफ्नो विवाहलाई गोप्य राख्न त्यसो गरेकी हुन् भन्नेहरु छन् ।

हुन त बर्षा केही अगाडि मात्र अमेरिका पुगेर फर्किएकी हुन् । उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म प्रचार प्रसारमा समेत समय दिन नभ्याउने बताएकी थिइन् । बर्षाको विवाह आजै हो वा होइन केही समय पछि खुल्ने नै छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १५:५८