सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन:

नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने

कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले घोषणापत्र/प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०८:०१