नेपाल माओवादी केन्द्रबाट मेयरका दावेदार नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्न लागेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा नेपाल माओवादी केन्द्रबाट मेयरको टिकट नपाउने भएपछि उनी राप्रपामा प्रवेश गर्न लागेको जनाइएको छ ।
उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका उनी मेयर पाउने आसमा राप्रपा प्रवेश गर्न लागेको जनाइएको छ । आजै पार्टी प्रवेश गर्ने कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।
‘वैश्य ज्यू अहिले हामीसँगै हुनुहुन्छ,’ केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले भने, ‘आजै उहाँले राप्रपा प्रवेश गर्नुहुन्छ ।’ आज वैश्यले मात्रै पार्टी प्रवेश गर्ने र शुक्रबार अरु स्थानीय नेता तथा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका वैश्य पद पाउनकै लागि माओवादी केन्द्रबाट अलग हुन लागेको माओवादी स्रोतले जनाएको छ । अवसरकै लागि विभिन्न पार्टी फेरबदल गर्दै आएका उनी पदकै लागि यसपटक राप्रपामा प्रवेश गरेर मेयरमा चुनाव लड्ने दाउमा रहेको बुझिएको छ ।
सत्यपाटी । बाँके ।