सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन २०७९

बझाङमा गठबन्धन : माओवादीलाई दुर्गाथली र छविसपाथिभेरा

बझाङमा तीन दलीय गठबन्धनले भागबण्डा मिलाएको छ । लामो समयको छलफलपछि गठबन्धनभित्र भागबण्डा मिलेको हो । बझाङमा तीन दलीय गठबन्धनले आज भागबण्डा मिलाएको छ । लामो समयको छलफलपछि गठबन्धनभित्र भागबण्डा मिलेको हो ।

१२ वटा पालिका रहेको बझाङमा तीन दलले भागबण्डा मिलाएका हुन् । १२ वटा पालिकामध्ये ७ पालिकामा नेपाली कांग्रेस, ३ पालिकामा एकीकृत समाजवादी र दुई पालिकाको प्रमुख नेकपा माओवादी केन्द्रले पाएका छन् ।

लामो समयको छलफलपछि दलहरु सहमतिको टुंगोमा पुगेक हुन् । गठबन्धनमा रहेका दलहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सिट बाँडफाँटमा सहमति भएर सहमतिपत्र सार्वजनिक गरिएको छ ।

१२ वटा पालिकामध्ये नेपाली कांग्रेसको भागमा ७ प्रमुख र ६ उपप्रमुख परेका छन् । माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेका छन् भने एकीकृत समाजवादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेका छन् । नेपाली कांग्रेसले दुई नगरपालिकासहित ५ गाउँपालिका पाएको छ ।

उसले जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचौर गाउँपालिका र सुर्मा गाउँपालिकामा भाग पाएको हो । त्यसैगरी एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ ।

आज भएको दलबीचको सहमतिअनुसार जिल्लाको बित्थडचौर गाउँपालिकामा कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष, केदारस्युँमा एकीकृत समाजवादी अध्यक्ष, कांग्रेस उपाध्यक्ष, थलारा गाउँपालिकामा एकीकृत समाजवादी अध्यक्ष, कांग्रेस उपाध्यक्ष, दुर्गाथली गाउँपालिकामा माओवादी अध्यक्ष, नेपाली उपाध्यक्ष पाएको छ ।

त्यसैगरी, छविसपाथिभेरा गाउँपालिकामा माओवादी अध्यक्ष, एकीकृत समाजवादी उपाध्यक्ष, सुर्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै पद कांग्रेस, खप्तडछान्ना गाउँपालिकामा कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष, मष्टा गाउँपालिकामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, तलकोट गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष कांग्रेस र साइपाल गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पद कांग्रेसको भागमा परेको छ ।

जिल्लाका दुई नगरपालिकामध्ये बुंगलमा कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाएको छ भने जयपृथ्वी नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको छ । जिल्लामा ०७४ सालको स्थानीय निर्वाचनमा पालिकामा जुन पार्टीले जितेको थियो, सो पालिकामा सोही पार्टीले प्रमुखको भाग पाउने गठबन्धनमा सहमति भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:३३