सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा दिल्लीको तेस्रो जीत

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ ।

गयराति भएको खेलमा दिल्लीले पञ्जाव किंग्सलाई ९ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो ।

दिल्लीको जितमा डेभिड वार्नरले ६० तथा सर्फराज खानले १२ रनको नटआउट पारि खेले ।

पृथ्वी सा भने ४१ रन जोडेर आउट भएका थिए । उनको विकेट राहुल चहारले लिएका थिए ।

पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।

जितेश शर्माले सर्वाधिक ३२ रन बनाउँदा मंयक अग्रवालले २४ रन बनाए ।

यस्तै मोहम्मद सारुख खान र राहुल चहारले १२–१२ रन जोड्दा अरुले विर्सन लायक प्रदर्शन गरे ।

दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादव सबैले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:०६