सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एसइइका लागि १९ वटा परीक्षा केन्द्र तोकिए

बझाङमा एसइइ परीक्षाका लागि जिल्ला भरी १९ वटा परिक्षा केन्द्र तोकिएको छ ।

वैशाख ९ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बालविकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधारी मावि जुजी, शान्ती मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरोस्वती मावि विजगडा र महादेव मावी अठपालीमा परिक्षा केन्द्र तोकिएको हो ।

यस वर्ष बझाङमा ४ हजार ३५० जना परीक्षार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ हजार ५६, एक्जामटेड (ग्रेडवृद्धि) तर्फ ४३ र प्राविधिक धार तर्फका २ सय ५१ जना विद्यार्थी सहभागी हुने सुचना अधिकारी सिंहले बताए ।

कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि एसइइ परीक्षा हुन सकेको थिएन । दुर्गा भवानी मावि तलकोटबाट १ सय ५३, सत्यवादी मावि भोपुर (क) मा २ सय ७६ जना, सत्यवादी मावि भोपुर (ख)मा जिल्ला भरीका प्राविधिक धार तर्फका विध्यालयहरुबाट २ सय ५१ जना, कुलमष्टोजन मावि भातेखोलामा १ सय ९८ जना, बालविकास मावि गोलाइमा २ सय ५ जना, जालपा मावि देवलमा ३ सय ५३ जना, खप्तड मावि कालुखेतीमा २ सय ९ जना, लामातोला मावि लामातोलामा १ सय ५ जना सहभागी हुनेछन् ।

यस्तै जनप्रिय मावि बगडगाउँमा १ सय २८ जना, थलारा मावि खोलीमा १ सय ७९ जना, भैरव मावि झोतमा २ सय ९७ जना, चौधारी मावि जुजीमा १ सय ३८ जना, शान्ती मावि चौघानपाटामा १ सय ७३ जना,बान्निचौर मावि बान्निचौरमा १ सय ९४ जना, चन्द्रोदय मावि भाटशैनमा १ सय ९४ जना, शिक्षोदय मावि बागथलामा ३ सय ६२ जना, सुनकुडा मावि चिरमा ३ सय ९ जना, सरोस्वती मावि विजगडामा २ सय ९१ जना र महादेव मावी अठपालीमा २ सय ९४ जना गरी ४ हजार ३ सय ५० जना विद्यार्थीहरु सहभागी हुनेछन् ।

जिल्लामा बैशाख ६ गते १९ वटै परिक्षा केन्द्रका केन्द्रअध्यक्षहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय मोबाइलको प्रयोग तथा मोबाइल परिक्षा हलमा लिने र प्रश्नपत्र बाहिरीने भएकाले त्यसलाई रोक्नका लागी केन्द्रअध्यक्षहरु लाई कसैले परिक्षामा मोबाइल ल्याइएको भेटाएमा परिक्षा अवधीभर मोबाइल नियन्त्रणमा लिएर नदिन जिल्ला परिक्षा नियन्त्रण समितीले निर्णय गरेको छ ।

परीक्षालाई शान्त, मर्यादित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको समेत सिंहले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:५७