राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ ।
शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ ।
नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो ।
२०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो । शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो ।
२०१८ सालमा राजारजौटे ऐनअनुसार पुराना राजाहरूको पदवी खारेज हुँदा दुल्लूका पूर्वसांसदका बुबा जंगबहादुर शाह अन्तिम राजा हुनुहुन्थ्यो ।
सत्यपाटी । दैलेख ।