सूचनाको शक्ति - The Power Of Information

        

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

एकीकृत समाजवादीको घोषणापत्रमा निशुल्क विजुलीदेखि नेपाली रक्सीको ब्रान्डिङसम्म (पूर्णपाठ)

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन् । हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए ।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ । ‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं । विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं,’ एकीकृत समाजवादीले भनेको छ ।

नेकपा (एकीकृत समावादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्नुको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव विजष पौडेलले जानकारी दिए । घोषणापत्रमा पार्टी अध्यक्षसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले गरेका काम उल्लेख गरिएको छ ।

यस्तै, २०५१ सालको तत्कालीन एमाले (मनमोहन अधिकारी नेतृत्वको) सरकारले गरेका काम र उक्त सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमबारे पनि चर्चा गरिएको पौडेलले जानकारी दिए ।

यस्ता छन् नेकपा घोषणापत्रका मुख्य बुँदा

  • पुष्पलाल लोकमार्गको सुरुवात
  • काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात
  • स्थानीय तहमा महिला र दलितको उपस्थिति
  • नेपालमा सुरुङमार्गको सुरुवात
  • जनता आवास कार्यक्रमको सुरुवात
  • विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा
  • निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा
  • प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने
  • किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको
  • हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने
  • हरेक पालिकामा पुस्तकालय बनाउने
  • प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने
  • भ्रष्टाचार निर्मुल पार्ने
  • घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १६:२५