सूचनाको शक्ति - The Power Of Information

        

पल शाह प्रकरण

पल प्रकरणमा पीडित नाबालिगले किन फेरिन बयान ?

बलात्कार मुद्दामा तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाहको प्रकरणले नयाँ मोड लिएको छ ।

आफूलाई बलात्कार गरेको भन्दै दुई दुई ठाउँमा जाहेरी दिएकी नाबालिगले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा एकाएक बयान परिवर्तन गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

बयानमा उनले आफूलाई पलले बलात्कार नगरेको तर अरुको दबाब र प्रभावमा मुद्दा हालेको भनेकी हुन् । तर उनका पक्षमा बहस गरिरहेका अधिवक्ताले भने यसलाई अस्वाभाविक ठानेका छन् ।

पीडितका पक्षमा लडिरेहका एक अधिवक्ताले पलको परिवारले बिहेको आश्वासन दिएपछि पीडितले बयान फेरेको दाबी गरेका छन् ।

उनका अनुसार पलकी बहिनीले पीडितलाई भेटेर दुई जनाको बिहे गराउने प्रतिबद्धता व्यक्त गरेपछि बयान परिवर्तन भएको हो । यसले आफूहरूलाई आश्चर्यमा पारेको उनी पक्षका वकिलले बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०८:०५