सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु, तीन घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, शेरघारी फर्ममा टेम्पो पल्टिँदा एकजनाको मृत्यु भएको छ । चालकसहित तीनजना घाइते छन् ।

टेम्पोमा सवार गुर्भाकोट–१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रासकोटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन, ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३०४९ नम्बरको टेम्पो हिजो साँझ करिब पौने ७ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार ०९:५१