इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लाेरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लाेरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । बेङ्ग्लाेरका लागि दिनेश कार्तिकले ६६ तथा ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशतकीय पारी खेले ।
दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एक/एक विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ६ खेलमा ८ अङ्क जोडेको छ ।
बेङ्ग्लाेर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित हुँदै लगातार छैटाैँ हार बेहोरेको छ ।
सत्यपाटी । काठमाडौँ ।