सूचनाको शक्ति - The Power Of Information

        

सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ ।

अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बितेको तीन वर्षदेखि  शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १८:२९