सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँपालिकाद्धारा आगलागी पिडितलाई सहयोग

आगलागी पिडितलाई बाँकेकाे राप्तीसोनारी गाउँपालिकाद्धारा १ लाख जिन्सी र ५० हजार नगद रुपैया प्रदान गरेको छ ।

(शुक्रबार) राप्तीसोनारी वडा नम्बर २ टिकुलीपुरमा आगलागी हुँदा ११ घर र ४ वटा गोठहरु जलेर पूर्ण नष्ट भएको थियो ।११ घरका ५६ जना परिवार छन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आगलागी भएका परिवारलाई प्रति परिवार चामल, नुन, तेल, त्रिपाल वितरण गरेको बताए ।

उनका अनुसार पालिकाले १ लाख बराबरको जिन्सी र ५० हजार रुपैया घर निमार्णका लागि वितरण गर्ने थारुको भनाई थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १८:२८