चार अर्ब वर्षभन्दा धेरै पुरानो एउटा लामपुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको छ ।
कम्तीमा ८० माइल चौडा अर्थात रोह्डे टापुभन्दा दोब्बर आकारको यो तारा अहिले २२ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो लामपुच्छ्रे तारा हो ।
यो सौर्य प्रणालीको किनारको भित्री भागबाट दौड लगाउँदै छ । शौभाग्यवश हामीले यसबाट पृथ्वीमा कुनै नराम्रो असर पार्लान् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । खगोल शास्त्रीहरूका अनुसार यो कहिल्यै पनि सूर्यदेखि एक अर्ब माइलभन्दा बढी नजिक आइपर्ने छैन ।
यो दुरी भनेको पृथ्वी र शनि ग्रहबीचको दुरीभन्दा अलि बढी हुन्छ । यो तारा सन् २०३१ को कुनै समय पृथ्वीको नजिक आउने अपेक्षा गरिएको छ । त्यसको अर्थ यस ब्रम्हाण्डीय वस्तुलाई लिएर चिन्तित हुन पनि हामीसँग अझै केही वर्ष बाँकी नै रहेको छ ।
वास्तवमा कुनै लामपुच्छ्रे तारा वा आकासीय पिण्ड हाम्रो दिशामा नजिकिने घटना सदैव रोमान्चक रहँदै आएको छ । युक्लास्थित ग्रह विज्ञान तथा खगोल शास्त्रका प्राध्यापक डेबिड जेबिटले वर्षौंअघि यो तारा सौर्य प्रणालीबाट उछिट्टिएको बताएका छन् ।
उनले वर्षौंसम्म यो हाम्रो सौर्य प्रणाली वरपर थुप्रै लामपुच्छ्रे तारा घुमिरहेने ‘ओेर्ट बादल’मा बसेको पनि बताएका छन् । त्यसपछि अन्य ताराहरूले जस्तै यस प्राचीन ताराले पनि अरबौँ माइल गहिरो अन्तरीक्षको सौर्य प्रणाली घुम्न थालेको बताइएको छ ।
बीजीआर । वासिङटन ।