सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका एआइजी र डिआइजी बिदामा

अवकाशको मुखमा नेपाल प्रहरीका केही उच्च अधिकारी बिदामा बसेका छन् । केही भने फौजी परम्पराविपरीत अन्तिम दिनसम्म पनि बिदामा नबस्ने मनस्थितीमा छन् ।

एआइजी प्रद्युम्न कार्की बिदामा बसेका छन् । तर, उनका ब्याचका अन्य एआइजीहरु हरिबहादुर पाल, निरज शाही र बसन्तकुमार पन्त भने बिदामा बसेका छैनन् ।

त्यस्तै, डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु बार्की, गणेश ऐर, पुरुषोत्तम कँडेल लगायत पनि बिदामा बसेका छन् ।

हालै एआइजी बनेका बसन्त पन्त प्रदेश समन्वयको जिम्मेवारीमा भए पनि उनको खासै काम छैन । एक महिनाका लागि एआइजी भएकाले उनले पनि बिदामा बस्न चाहनेनन् ।

संगठन प्रमुखसमेत बिदामा बस्ने प्रचलन भए पनि शैलेश थापा क्षेत्री बिदामा बस्न पाएका छैनन् । सरकारले नयाँ आइजिपी नियुक्तिको विषयमा समयमा निर्णय लिन नसक्दा यस्तो अन्योलता आएको हो ।

१९ बैशाखमा महानिरीक्षक क्षेत्री र उनका ब्याचका एआइजी, डिआइजी र एसएसपीले अवकाश पाउँदैछन् । त्यसपछि एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजकुमार सिंह र रबिन्द्रबहादुर धानुकमध्ये एक आइजिपी हुनेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०७:३६