सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०७:२१