सूचनाको शक्ति - The Power Of Information

        

बिस्काः जात्राको लिङ्गो आज उठाएर आजै ढालिने

भक्तपुरको बिस्काः जात्राको क्रममा बुधबार राति अबेरसम्म प्रयास गर्दा पनि भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिङ्गो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि लिङ्गो उठाउन असफल भएको हो ।

बुधबार उठाउन असफल भएको लिङ्गोलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले लिङ्गो उठाउने प्रयास गरेका थिए । घण्टौंको प्रयासपछि पनि लिङ्गो उठाउन सफल भएन ।

लिङ्गो ५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर लिङ्गो उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको लिङ्गोलाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ ।

यसलाई उठाउन आज पनि दिनभर प्रयास हुनेछ । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । तर कुनै वर्ष यसरी उठाउन नसकिने हुन्छ ।

चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको लिङ्गोलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ ।

आठ रात नौ दिन लामो बिस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ११:०४