सूचनाको शक्ति - The Power Of Information

        

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो जेठमा

निर्माण सम्पन्न हुने तरखरमा रहेको पोखरा रंगशाला ।

कोरोना महामारीका कारण पटक पटक सर्दै आएको नवौं राष्ट्रिय खेलकुद आगामी जेठमा हुने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नवौँ राष्ट्रिय खेलकुद आगामी २०७९ जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्टिय खेलकुद गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

नवौँ खेलकुदलाई एशियाली खेलकुदको अन्तिम छनोटको रुपमा रहने युवा तथा खेलकुद मन्त्री गहतराजले बताए ।

एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गतेसम्म चीनको हान्झाउमा हुनेछ । आठौं राष्ट्रिय खेलकुद २०७५/०७६ मा लुम्बिनी प्रदेशको नेपालगन्जमा भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:३८