सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ ।

मुम्बईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो ।

चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका शहबाज अहमेदले ४१, सुयश प्रभुदेशाई र दिनेश कार्तिकले समान ३४ रन जोडे । चेन्नईका महेश थिक्सनाले ४ तथा रविन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । चेन्नईका शिबम दुबेले अविजित ९५ रनको अर्धशतकीय पारी खेले ।

यस्तै रोबिन उथप्पाले ८८ रन जोडे । बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा जोश हाजलउडले १ विकेट लिए । चेन्नईले पाँचौं खेलमा पहिलो जितसहित दुई अंक जोडेको छ । बैंगलोरको ५ खेलमा ६ अंक छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०८:१२