सूचनाको शक्ति - The Power Of Information

        

पुनरावेदनकाे आदेश लत्याउँदै प्राधिकरण

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो, स्थानीय आक्रोषित

एक घण्टामा १० पटकसम्म विद्युत कटौती

प्राविधिक कारण बाहेक लोडसेडिङ गर्न नपाउने गरि तीन वर्ष अघि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दिनहुँ लत्याउँदै आएको छ ।

एक घण्टामा १० पटकसम्म विद्युत कटौती हुन थालेपछि पछिल्लो नेपालगन्जका स्थानीय बासिन्दा विद्युत विरुद्ध अक्रामक हुँदै गएका छन् ।

उद्योग, ब्यवसाय र विद्युतबाट हुने कारोबारहरु धराशयी अवस्थामा छन् । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्ज सहित बाँकेमा विद्युतको समस्याबाट आमनागरिक सास्ती खेप्दै आएका छन् ।

केही दिन यता बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन अक्रोशमा छन् । उनीहरुले सामाजिक संजालमार्फत विद्युत प्राधिकरणप्रति खनिएका छन् ।

भारतीय क्षेत्रबाट ११ मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट ३ देखि ८ मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

‘भारतीय क्षेत्रबाट सप्लाईमा समस्या छैन’, वितरण केन्द्र भन्छ, ‘नेपाली क्षेत्रबाट नै विद्युत विभिन्न समयमा अनियमित भइरहँदा चुनौती हुन जान्छ ।’ ‘माग बमोजिम सप्लाई दिन सक्ने वातावरण नभएका कारण कुनै नकुनै स्थानमा कटौती गर्नु पर्ने बाध्यता भएको प्राधिकरण बताउँछ ।

विद्युत अनियमित र अत्यधिक भोल्टेजका कारण नेपालगन्जका बासिन्दाको थुप्रै विद्युतीय उपकरणहरु ध्वस्त भएको गुनासो समेत आएको छ ।

गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिले चर्चा लिएपनि दीर्घकालीन निकास हुन सकेको छैन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १२:२०