सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा अपराजित टिम टुङ्गिए, गुजरातको पहिलो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेसँगै अपराजित भएर अगाडि बढ्ने टिम टुङ्गिएका छन् ।

अर्थात् गुजरातको हारसँगै सबै टिम पराजित हुने लिष्टमा पुगेका छन् । गुजरात मात्र अहिलेसम्म त्यस्तो टिम थियो जसले यसअघि सबै खेल जितेको थियो ।

गुजरात सोमबार राति सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो । मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

कप्तान केन विलियम्सनले ५७ रन बनाए । अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । कप्तान हार्दिकले अविजित रहँदै ५० रन बनाए । अभिनव मनोहरले ३५ रनको योगदान गरे ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।

अंक तालिका
हारसँगै गुजरात ६ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा झरेको छ । समान ६ अंकबाटै राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ जाइन्टस् क्रमशः पहिलोदेखि चौथो स्थानमा छन् ।

दिल्ली क्यापिटल्स, पंजाब किंग्स र सनराइजर्स हैदराबादको ४–४ अंक छ भने सर्वाधिक सफल टिमहरु चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स अंकविहीन छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ०८:३९