अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।
‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिँदैछ, यो राष्ट्रघात हो,’ मन्त्री शर्माले भन्नुभयो, ‘देशलाई त राम्रो बनाउनुपर्यो नि ! श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ, बडो अचम्म लाग्छ ।’
सरकारले वृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उहाँको भनाइ छ ।
‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ, यी सबै अफवाहहरू हुन् ।’
ठूलो–ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उहाँको भनाइ छ ।
‘हामी पनि सतर्कता अपनाइरहेका छौं, यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भन्नुभयो, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं, अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’
सत्यपाटी । ।