राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् ।
उनी प्रचण्डका काकाका छोरा हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।
सत्यपाटी । काठमाडौं ।