सूचनाको शक्ति - The Power Of Information

        

अन्तरिक्षमा पुग्ने पहिलो जीवित प्राणी ‘लाइका’को संघर्षपूर्ण कथा ‘भुस्याहादेखि अन्तरिक्षसम्म’


काठमाडौं । अन्तरिक्षमा पुग्ने पहिलो जीवित प्राणीको रुपमा चिनिने ‘लाइका’ कुकुरको बारेमा प्रायः सबैलाई जानकारी रहेको छ । यसकै कारणले पनि सम्पूर्ण मानव सभ्यताले सामान्य कुकुरभन्दा पनि लाइकालाई निकै आदार भावनाले हर्ने गर्दछ ।
वास्तवमा लाइकाको बारेमा किताबका पानामा वर्णन तथा फोटामा देखाउने गरिए पनि लाइकाको जीवन निकै संघर्षपूर्ण तथा दुखद् मृत्यु भएको धेरैलाई जानकारी नरहेको हुन्छ सक्छ । रसिया तथा अमेरिकाबीच चलेको वर्षाैं लामो शीतयुद्धको क्रममा अन्तरिक्षमा को पहिलो हुने भन्ने प्रतिस्पर्धामा रसियाले लाईकालाई अन्तरिक्षमा मर्नको लागि पठाएको थियो ।
शीत युद्धको दौरानमा अमेरिका तथा रसिया अन्तरिक्षमा नयाँनयाँ प्रयोग गर्ने होडबाजी रहेका थिए । त्यसै समयमा पृथ्वीको भूमण्डलबाट बाहिर जाने रकेट पठाउने कार्यमा सफलता हासिल गरेको थियो । त्यसबेलासम्म मानवसहित रकेट अन्तरिक्ष पठाउँदा हुने सक्ने दुर्घटनाको बारेमा खासै जानकारी नभएकाले प्रतिकूल अवस्था जांँच गर्नको लागि रसियाले कुनै जनावरलाई अन्तरिक्षमा पठाउने निस्कर्षमा पुगेको थियो ।
सन् १९५७ को एक दिन मा रसियाको मस्को गल्लीमा ३ वर्षीय लाइका अन्य भुसिया कुकुरहरुसँगै घुमिरहेको थियो । त्यसताका सोभियत स्पेस प्रोग्रामले संसारको पहिलो मानवरहित स्याटेलाइट स्पुतानिक–१ लाई अन्तरिक्षमा सफल प्रक्षेपण गर्याे । यस सफलताले अति महत्वाकांक्षी बनेको स्पेस प्रोग्रामले तत्कालै थप ठूलो कार्य गरेर संसारलाई चकित बनाउन चाहन्थ्यो । यस प्रोग्राममा कार्यरत सदस्यले कुकुरलाई अन्तरिक्षमा पठाउने निर्णय गरेको थियो ।
जीवित प्राणीलाई अन्तरिक्षमा पठाउने पहिलो मुलुक हुने लोभमा निर्णय निक्कै छिटो लिइयो । डिजाइन तथा निर्माण कार्यको लागि इन्जिनियरले जम्मा चार हप्ताभन्दा कम समय पाएका थिए । त्यस यानलाई निर्माण कार्य यति छिटो बनाएको थियो कि कुनै किसिमको ठोस परीक्षणसमेत गरिएको थिएन । त्यस अन्तरिक्ष यानलाई स्पुतानिक–२ को नामाकरण गरिएको थियो । यस यानको डिजाइन मुलतः एउटा कुकुर मात्र अट्ने आकारमा डिजाइन गरिएको थियो ।
यानमा अक्सिजन, एउटा कार्बनडाईअक्साइड अब्र्जवर, चिसो बनाउनको लागि पंखा, कुकुरको खाना राख्ने भाँडो तथा फोहोरलाई राख्ने सानो झोला मात्र रहेको थियो । कुकुरलाई राख्नको लागि सानो क्याबिनको डिजाइन गरिएको थियो । जसमा दायाँबायाँसमेत गर्न सकिँदैन थियो । यस यान स्पुतानिक यान उडान भर्नको लागि तयार भइसकेको थियो भने उचित कुकुरको खोजी गर्न शुरु गर्याे । सोभितमा स्पेस क्राफ्टका इन्जिनियरहरुले धेरै भोक तथा तापमान खप्न सहन सक्नेको खोजीमा गल्लीका भुसिया कुकुर उचित हुने ठानेर खोजी शुरु गरे ।
यस जोखिमपूर्ण कामको लागि गल्लीमा घुमिरहेको कुकुर लाइकालाई छानियो । उनीहरुले छानेका तीन कुकुरमध्ये लाइका फरक किसिमको थियो । लाइका निकै शान्त स्वभाव, सिधा तथा आकर्षक पनि थियो । उसलाई समातेपछि तालिम दिन शुरु गरियो । स्पुतानिक यानको क्याबिन निकै सानो भएकाले २० दिनसम्म त्यस्तै सानो बक्समा लाइकालाई राखियो । कठिन तालिमपश्चात लाइका अन्तरिक्षमा जानेको लागि तयार गरियो ।
त्यस समय मानव सभ्यताको लागि ऐतिहासिक रहेको थियो भने लाइकाको जीवनको अन्त्य रहेको थियो । त्यस समय मान्छले अन्तरिक्ष उडान भर्न सक्नेसम्म जानकारी रहेको थियो तर कसरी सकुशल फर्किने भने तरिकाको विकास गरिएको थिएन । यसको अर्थ सोभियत वैज्ञानिकलाई पूर्णरुपमा जानकारी रहेको थियो कि जीवित लाईका फर्किदा मृत अवस्थामा मात्र फर्किनेछ ।
आफ्नो दुःखद् मृत्युबाट अनभिज्ञ लाइकालाई अन्तरिक्षमा पठाउने भन्दा एक दिन स्पेस क्राफ्टका एक इन्जिनियरले घर लगेर आफ्नो बच्चासँग खेलाए । लाइकाको जीवन अन्तिम समय रहेको थियो र त्यसपछि लाइकालाई स्पुतानिक–२ को सानो क्याबिनमा राखियो । क्याबिनमा हलचल नगरोस् भनेर लाईकालाई सिक्रीले बाधियोे । अन्तरिक्ष यानको यात्राको अनुभव गराउनको लागि लाईकालाई तीन दिनसम्म खानाका साथ राखियो ।
अन्ततः ३ नोभेम्बर १९५७ लाइकालाई मृत्युको मुखमा पठाइएको यानको क्याबिन बन्द गर्नुभन्दा पहिले एक टेक्निसियनले मृत्युको मुखमा जाँदै गरेको लाइकालाई अंगालो हालेर म्वाई खाएर सुरक्षित यात्राको कामना गरे । लाइकालाई लिएर तीव्रगतिमा उडेको स्पुतानिक–२ ले अन्तरिक्षका उडान भर्याे । तर प्राविधिक गडबडीका कारण रकेटको केही अंश स्पुतानिक–२ बाट अलग हुन सकेन ।
यसकारणले लाइका क्याबिनको तापमान तीव्र गतिले बढ्न थाल्यो । उसको मुटुको धड्कन १०३ देखि २४० सम्म पुग्यो, यसले पनि क्याबिनको तापक्रम जोडिरहेको र कति समयसम्म डराएको थिएन भनेर अनुमान लगाउन सकिन्छ । करिब ३ घण्टासम्म आफ्नो मृत्युसँग लाइका लडिरहेको थियो । क्याबिनको तापक्रम यति वृद्धि भयो की करिब ५ घण्टापश्चात लाइकाको क्याबिनबाट कुनै किसिमको ट्रान्समिसन आएन र उनको दुःखद् अन्त्य भयो ।
उसको मृत्यु भएको १६२ दिनसम्म स्पुतानिक–२ अन्तरिक्षमा घुमी रह्यो भने २ हजार ५ सयपटक पृथ्वीको परिक्रमा लगायो । त्यसपछि १४ अप्रिल १९५८ मा लाइकाको मृत शरीरसँगै पृथ्वीको वायुमण्डलमा प्रवेश गरी जलेर खरानी भयो । सन् २००८ मा रसियाका अधिकारीले लाइकाको सम्मानमा उनीलाई तालिम दिएको स्थानमा एउटा सानो स्मारक बनायो । उक्त स्मारकमा एक रकेटको माथि लाइकालाई राखिएको छ । सन् २००२ सम्म रसियाले अक्सिजनको कमीले उनको मृत्युको भएको कुरा संसारलाई लुकाएको थियो । (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ०७:१५