सूचनाको शक्ति - The Power Of Information

        

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

कालीकोट । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताए । रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा कालिकोट पुगेका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताए ।
कर्णालीको विकासका लागि आफूहरूले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उनले भने, ‘कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।’
अर्काे प्रसंगमा उनले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गरे । कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचाल झरनाको प्रचारका लागि काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ०५:५७