सूचनाको शक्ति - The Power Of Information

        

टिकट बार्गेनिङ्ग गर्न एमाले छाडेको तिलकवीर नाटक

बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले एमालेबाट राजिनामा दिएको केहीबेरमै आफनो अडान फिर्ता लिएर आलोचित बनेका छन् ।

एमाले बाँकेका सचिव रत्न खत्रीको केही असहमतिलाई निहुँ बनाएर पाटीबाटै राजिनामा दिए सुनारले बार्गेनिङ्ग शैलीमा पार्टीका केही जिल्ला तथा केन्द्रीयस्तरका नेतासँग छलफल गरेपछि निर्णय फिर्ता लिएर नागरिक सामु आलोचित बनेका हुन् ।

एमाले खजुरा स्रोतका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा वडा नं. ४ बाट फेरि अध्यक्षको टिकट उपलब्ध गराउने सहमतिका आधारमा सुनारले पार्टीमा दिएको राजिनामा फिर्ता लिएको खुलेको छ ।

‘उनले सामाजिक सन्जाल फेसबुकमा ‘सामाजसेवी जीवन नीजि नहुँदो रैछ । स्वतन्त्र भएर पनि बस्न पाइदो रैछ । त्यसैले सबैको यच्छा र अपेक्षालाई सम्मान गर्दै फेरि पनि तपाईसँगै छ, । नेकपा उमाले जिन्दावाद ’ लेखेका छन् ।

यसअघि वडाध्यक्ष सुनारले एमाले बाँकेका सचिवको रबैयाको कारण पार्टी छाडेको अभिव्यक्ति दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘नेकपा एमाले बाँके पार्टी सचिवद्वारा मप्रति गरिएको अभिव्यक्ति तपाईं नभए पनि पार्टी चल्छ भन्ने शब्दलाई कार्यान्वयन गर्दै आजबाट नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’

उनले एमाले बाँकेका पार्टी सचिवले आफुमाथि अपमान गरेको भन्दै पार्टीबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर, २४ घण्टा नवित्दै बोली फेरेपछि उनलाई सामाजिक सञ्जालमा अडानविहीन नेताका रूपमा नागरिकले परिभाषित गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनले निर्वाचनमा टिकट पाउनकै लागि यतिधेरै नाटक गरेको टिप्पणी गरिएको छ । पत्रकार गोविन्द शर्माले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि हतासिएका सुनारले अनेक बाहना बनाई टिकट फुत्काउने मेसो मिलाएको खजुराबासी बताउँछन् ।

यसअघि पनि लोडर, डोजर लगायतका काण्डमा विवादीत बनेका वडाध्यक्ष सुनारले समाचार लेखेकै कारण बाँकेका केही पत्रकारलाई गुण्डा लगाएर औला काटने समेतको धम्की दिन लगाएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०६:३१